गुल्मीमा ट्रकको ठक्करबाट मध्यरातमा दुई युवाको घटना स्थलमै मृ’त्यु

गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै ज्यान गएको छ । बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ को ट्रकले जिल्लाको रेसुङा नगरपालिका १३ भगेरी नजिक ठक्कर दिएको हो । ट्रकको ठक्कर बाट सोही वडाका २३ वर्षीय बालकृष्ण श्रीस र २४ वर्षीय  टोप बहादुर रजायलीको घटना स्थलमै ज्यान गएको बिमल पुनले खबर २८ मिडयालाइ जानकारी दिए ।

राती करिब १२/१ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।ठक्कर दिने ट्रक जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा रहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

**यो पनि पढ्नुहोस्**

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु

पूर्वपश्चिम लोकमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ विद्युत् चोकमा ट्रिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बुङताङका २५ वर्षीय सुबबहादुर तामाङ रहेका छन् ।

नारायणगढबाट लोथरतर्फ गइरहेको ना६ख २३९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा४१प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *