गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा आगलागि हुँदा २ घर ज’लेर नष्ट (फोटो फिचर)

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीको भएकोटमा बुधबार साँझ भएको आगो लागि हुदा स्थानीय विष्णु बहादुर राना र करसिङ रानाको घर गोठ पुर्णरुपमा जलेर नस्ट भएको कालीगण्डकी २ अर्बेनीका वडा अध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिए । अध्यक्षका अनुसार आगो लागि बाट के कति क्षेती भएको छ भन्ने नखुलेको बताए ।


आगो के कारणले गर्दा लागो भन्ने खुलेको छैन स्थानीय का अनुसार घरमा कोही नभएको बेला स्कुल गएका बच्चाहरु खेल्नेक्रममा आगो लागि हुन् सक्ने अनुमान गरेका छन् । आगो लागि भएपछि स्थानीय बासिन्दाले धेरै समय पछि आगो नियन्त्रणमा आएको थियो । पानीको समस्य भएको कारणले आगो नियन्त्रण आउन ढिलै भएको स्थानीयले बताए ।

आगो लागि बाट घर भित्र रहेका खाद्य सामग्री , भाडा कुडा, कागजपत्र र गोठका गाइबस्तु पनि निकाल्न समस्य भएको कारणले जलेको हुन् सक्ने जानकारी प्रय्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *