१९ वर्षीया सपना रोका मगर यस्तो अ’वस्थामा फेरि एक्कासी के आइलाग्यो यस्तो ? (हेर्नुहोस् भिडियो सहित)

बीबीसीले सार्वजनिक गरेको एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सफल १९ वर्षीया सपना रोका मगर यतिबेला सामान्य बिरामी भएर घरमा आराम गरिरहेकी छिन् । सपना सडकका बेवारिसेलाई खाना खुवाउने र बेवारिसेको अन्त्येष्टि गर्ने कार्यमा पनि सक्रिय छिन्।

उनि केही दिन यता देखि बिरामी भएको आएको छ उनले आज आफ्नो फेसबुक बाट “बिरामी छु तर मरेको छैन अझै पनि उठेर बेवारिसे बेसहारा कै लागि गर्ने छु ।” भनेर स्टाटस हाले’कि  थिइन । सिध्र लाभको कामना छ ।

यो पनि पढ्नुहोस्

लाइसेन्सको आवेदन भर्दा किन आइरहेको छ समस्या? यी बार मात्रै भर्न मिल्छ


बन्द भएको ९ महिनापछि गत मंगलबार सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन खुल्यो। आवेदन खुले पनि फारम भर्न नसकिएको सेवाग्राहीहरूको गुनासो छ।

**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा‍ लोकनाथ भुषालले जानकारी दिए।

‘हामीले १९ वटा कार्यालयबाट दैनिक ५ हजार आवेदन लिन्छौं। कोटा सकिएपछि फारम भर्न मिल्दैन,’ उनले भने।

विभागले अवेदन फारम आइतबारदेखि बुधबारसम्म विहान ६ बजेदेखि राती १० बजेसम्म भर्न मिल्ने व्यवस्था मिलाएको छ।

अहिले सेवाग्राहीलाई समस्या परे पनि केही समयमा समस्या सुल्झिने उनले बताए।

‘९ महिनादेखि रोकिएकाले धेरै चाप छ। यो चाप विस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै भर्न सकिन्छ,’ उनले भने।

कसरी भर्ने फारम?

अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *