पुरा हुँदै गुल्मीका सचिन परियारको पढ्ने सपना : ईन्दे्रणीले १२ कक्षासम्म निशुल्क पढाउने !

गुल्मी : गुल्मीका सचिन परियारको टिकटकमा एउटा भिडियो यतिबेला भाईरल बनेको छ । एक पत्रकारले लिएको अन्तरवार्तालाई काटेर बनाईएको उक्त भिडियोमा सचिनलाई तिमी स्कुल जाँदैनौँ भनेर सोधिएको छ ।

जवाफमा उनले पैसा छैन हजुर, पैसा दिनुपर्यो भर्ना गरिदिनुपर्यो भनेर भनेका छन् । झट्ट सुन्दा ठट्टा गरेजस्तो सुनिने उक्त भिडियोले गम्भीर भएर सोँच्दा साँच्चिकै भावुक बनाउँछ । आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढाईलाई बिचमै विश्राम गरेका उनको पढ्ने सपना अब भने पुरा हुने भएको छ ।

गुल्मीका पत्रकारहरुको सक्रियतामा काठमाण्डौसम्म पुगेका उनको शनिवार मात्रै गीत पनि सार्वजनिक भएको छ । उक्त गीतलाई दर्शक श्रोताले निकै रुचाएका छन् । पत्रकार मोहन बस्नेत, जीवन पाण्डेय, दिपक नेपाली लगायतले उनलाई काठमाण्डौ पुर्याएका थिए । उनले ईन्द्रेणीमा पनि आफ्नो कला देखाईसकेका छन् । कलाले बालक उमेरै परिपक्व उनको आर्थिक अवस्था देखेर अब ईन्द्रेणी समुहले उनलाई पढाउने भएको छ । **यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस**

सचिनको बारेमा हामीले ईन्द्रेणीका सञ्चालक कृष्ण कडेंल दाईसगं कुराकानी गर्यौँ उहाँले १२ कक्षासम्म निशुल्क पढाउने प्रतिबद्धता जनाउनुभएको छ, पत्रकार मोहन बस्नेतले भने । साथै उनले आफुहरुकै सक्रियतामा सचिनको गीत रेकर्ड गर्ने धोको समेत पुरा भएको भन्दै खुसी व्यक्त गरे ।

हामि आज भन्दा १० दिन अगाडि सचिन परियारको अन्तर्वार्ता लिन सचिनको घरमा पुगेका थियौ । सचिनले भनेका थिए असाध्यै पढ्न मन छ तर घरको अबस्था निकै कमजोर छ त्यसैले पढ्न छाडेर बसेको छु ।

अनि हामी सचिनको बुवा सङ्ग भेट्यौ उहाले पनि हजुरहरुको टीमले रबिना बसेललाई गुल्मी बाट लगेर इन्द्रेणीमै बसेर पढ्ने ब्यबस्था गर्नुभयो सचिनलाई पनि जसरी भएपनि इन्द्रेणीमै पढ्ने ब्यबस्था मिलाइदिन हामिलाइ भन्नुभयो र हामीले कृष्ण कडेल दाइसङ्ग कुरा गर्यौ र उहाले हुन्छ ल्याउनुहोस भन्नुभयो र सचिनलाई १२ सम्म पढाउने जिम्मा पनि लिनुभयो ।

धन्यवाद कृष्ण दाइ अनि इन्द्रेणी परिवारलाई अनि बाबुको अर्को सपना थियो गीत रेकर्ड गर्ने त्यो सपना पनि पूरा भएको छ अहिले हामी सचिनलाई काठमाडौं छाडेर हाम्रो टीम गुल्मी फर्कदै छौ । यहा सम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *