हेर्नुहोस यसरि सडकमा बत्ती जडान गर्दा गर्दै करेन्ट लागेर एकजनाको मृ’त्यु, एकजना घा’इते भए (भिडियो हेर्नुहोस)

भक्तपुर। भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ भने अर्का एक घा’इते भएका छन्।

घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घा’इते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।

भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भ¥र्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युत्को सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको उहाँले जानकारी दिनुभयो । दिउँसो करिब १ः३० बजे करेन्ट लागेर पोलबाट भुइँमा खसेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृ’त्यु भएको प्रहरीको भनाइ छ।

सडक बत्ती जडान गर्ने क्रममा विद्युत् लाइन का’ट्न नलगाउँदा र सावधानी नअपनाउँदा मजदूरको मृ’त्यु भएको र जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरु थप मारमा परेको अन्य मजदूरको गुनासो छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *