दुखद समाचार : जिपले बाइकलाइ ठ’क्कर दिदा बाइकमा सभार दुईजनाको मृ’त्यु (हेर्नुहोस् भिडियो सहित)

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठ क्कर दिँदा दुईजनाको मृ त्यु भएको छ । प्र हरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठ क्कर दिँदा दु र्घटना भएको छ ।

दु र्घटनामा परेर मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृ त्यु भएको प्रदेश १ ट्राफिक प्र हरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

उनका अनुसार दु र्घ टनामा परेर चालक लिम्बूको घ टनास्थलमै ज्या न गएको हो । गम्भीर घा इते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृ त्यु भएको एसपी शर्माले बताए ।

दु र्घटनामा परेर मोटरसाइकलमा आगलागी भएको छ । दु र्घटना लगत्तै सडकमा बजारिएको मोटरसाइकलको ट्यांकी लिक गएर पेट्रोल बाहिर निस्किएपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

तत्काल निभाउन नसक्दा आगोले जलेर मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको एसपी शर्माले बताए । दु र्घटनापछि स्कारपियो र चालक झापा दमक–२ का ३७ वर्षीय लक्ष्मीकुमार धिमाललाई नियन्त्रणमा लिएर घ टनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *