१० नेपालीद्वारा देशको झण्डा फहराउँदै विश्वको दोश्रो अग्लो के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम !

काठमाडाैं, ४ माघ । १० जना नेपालीको पर्वताराेही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमका एक सदस्य निमर्ल पुर्जाका अनुसार उनीहरुले पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए । उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चि’प्लि’एर ल ड् दा मृ’त्यु भएको थियो । याे हिमाल अहिलेसम्म कसैले पनि आराेहण गर्न सकेका छैनन् । केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *