पढ्दा पढ्दै केटासंग भागेकी सपनाको श्रीमान् को हुन् ?

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भा’गी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नस’केपछि घर न घा’टको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरा’लिएकी सपनाले थुप्रै रात भो’क भो’कै बि’ताइन्।

आत्मविश्वासका साथ ग’लत स’ङ्गतको दल दलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे श’व व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ।

सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो । अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी विवाह गरेर बुटवल पुगेकी थिइन् । वैवाहिक जीवन अस’फल र परिवारबाट टाढिएपछि उनको मनमा ग’लत बाटो सोच पनि आउँथ्यो । जीवन अन्त्य नभएर सङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन्।

भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् । पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बेवा’रिसे श’व व्यवस्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन्।

बस्नेतलाई साथ दिँदै सपनाले एक वर्षयता पशुपति आर्यघाटमा बे’वारिसे श’वको व्यवस्थापन र दा’ह संस्कार गर्छिन् । काठमाडौँका विभिन्न स्थानमा बे’वारिसे श’व भेटिएपछि दा’ह संस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानूनी प्रक्रिया पूरा गरेपछि उनीले आर्यघा’टमा दागबत्ती दिने र दा’ह संस्कार गर्छिन् । सपना काठमाडौँका अस्पतालमा बेस’हाराको अभिभावकको रूपमा चिनिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *