डा’क्टरको ला’परबाहीको कारण इटहरीकि एक महिलाको मृ’त्यु (हेर्नुहोस् भिडियो सहित)

इटहरीः अस्पताल र डाक्टरको लापरबाहीले सुनसरीको धरानमा एक महिलाको शल्यक्रियापछि मृ’त्यु भएको छ ।इटहरी उपमहानगरपालिका २ की ३१ वर्षीया दीपा राईको धरानमा रहेको विजयपुर अस्पतालको लापरबाहीले मृ’त्यु भएको हो । गत माघ ४ गते पत्थरीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा समस्या देखिएको थियो । अस्पतालका चिकित्सक डाक्टर ज्ञानेन्द्रप्रसाद दासले उनको शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि उनको रक्तश्राव भएको र बारम्बार प्रयास गर्दा पनि नरोकिएपछि दासले धरानमै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफार गरेका थिए । उनले रेफर मात्रै गरेनन्, एम्बुलेन्समा परिवारसँगै बसेर स्वयम बीपी प्रतिष्ठान पुगेका थिए । मृतक दीपाकी काकी सवनम राईका अनुसार दासले नै एम्बुलेन्समा राखेर सँगसँगै बीपीको आईसीयूमा पुगेका थिए । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

दीपाको मृ’त्यु भएको खबर परिवारले पाउनुअगाडि नै दासले आफ्नो काम परेको भन्दै अस्पतालबाट निस्किएको सवनमले जानकारी दिइन् । पछि मात्र आफूहरुले दीपाको मृ’त्यु भएको थाहा पाएको र उनको मृ’त्युबारे थाहा पाएर नै दास भागेको सवनमले जानकारी दिइन् ।दीपाका श्रीमान राजेन्द्र राईले अस्पतालले ला’प’रबाही गरेका कारण आफ्नी श्रीमतीको मृ’त्यु भएको बताएका छन् ।

घ’ट’नाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेको पनि जानकारी दिए । उनले आफ्नी श्रीमतीको मृ’त्युमा अस्पताल नै दोषी भएको र त्यसमा संलग्न डाक्टर र अस्पताललाई कायबारी गर्न माग गरेका छन् । साथै उनले अस्पतालले आवश्यक क्ष’ति’पूर्ति पनि व्यहोर्नुपर्ने बताए । उच्च रक्तश्राव भएको भन्दै बीपी रेफर गरिएकी दीपाको अस्पताल पुर्याएको केही समयमै मृ’त्यु भएको थियो । Pardeshpotel bat यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *