“यो दाजुको मिर्मिरे आँखा” गीतका सर्जक धनबहादुर अब हामी बीच रहेनन् (हेर्नुहोस् भिडियो सहित)

पोखरा । सार‌ंगी संरक्षणका अभियन्ता, चर्चित गायक एव‌ं शब्द संकलक धनबहादुर गायककाे साेमबार बिहान नि’धन भएकाे छ । खोलामा नुहाउने क्रममा ल’डेर घा’इते भएका गायककाे मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालकाे आइसियुमा राखेर उनकाे उपचार भइरहेकाे थियाे । बिहान साढे ८ बजे उनकाे नि’धन भएकाे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

क्रिस्चियन धर्म मान्दै आएका कलाकार गायकको क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । श’व अहिले अस्पतालबाट उनको निवास बाटुलेचौरमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको छ ।

प्रविण गुरुङले गाएका सदावहार चर्चित यो दाजुको मिर्मिरे आँखा, बेली र चमेलीजस्ता गीतका सर्जक धनबहादुर युवापुस्तालाई सांरगीप्रति टिकाइराख्न प्रयासरत थिए ।

पाेखराकै बाटुलेचौर निवासी उनी सारंगी पाठशाला समेत चलाउँदै आएका थिए । जसमा बालबालिकालाई निशुल्क रुपमा सारंगी र मादल लगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *