पल साहविरुद्ध प्रहरीमा उ’जुरी, कु’ट पि’ट गरेको आ’रोप

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दु’र्व्यवहार र कुट पिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ’क्रमण गरेको प्रधानको दाबी छ ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

कुट पिट अघि दु’व्यर्वहार गरेका साहले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए ।

‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दु’व्र्यवहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८-१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीले आ’क्रमण गरे ।’

आफूमाथि आ’क्रमण भएपछि उजुरी गरेको उनले बताए । ‘म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आ’क्रमण भएपछि उजुरी दिए ।’

साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *