हातखु’ट्टा घिसार्दै जी’न्दगी ल’तार्ने शा’रदाको संघर्ष – कस्ले सुनिदेला, कस्ले बुझिदेला ? एकपटक अवस्य पढ़िदिनुहोला”

शारदा शर्मा – आज भन्दा ७ बर्ष अगाडि ! तत्कालीन जिल्ला विकास समिति रुकुमको प्राङ्गणमा केटीहरुको भिडभाडको बिचमा देखिएको एउटा विचित्रको दृश्यले मेरो ध्यान तान्यो ।

दुबै हात जमिनमा टेकेर पुरै शरीर लतार्दै, घिर्सिदै हिड्ने मानिसको त्यो अवस्थाले मेरो मात्र हैन धेरैको ध्यान खिचिरहेको थियो ।

असह्य शा रिरीक पी डा बोकेर शरीरलाई ढुंगा र माटोमा लतार्ने भविष्यका सूनौला सपना बोकेर जिल्ला सदरमुकाम मुसिकोट आएकी थिईन,उनी अर्थात २६ बर्षीया शारदा शर्मा ।

करिब ४० किलोमिटर जंगल र भिरको बाटो खुट्टाका घुँडा र हातका पन्जाले थिचोल्दै जिल्ला विकास समिति रुकुममा आईपुगेकि थिईन उनी ।

त्यतिबेला जिविसमा महिलाहरूको लागि निःशुल्क खरीदार पदको पढ्नेहरुको लागि प्रवेश परिक्षा हुदै थियो ।

त्यसैमा सहभागी हुन अशक्त शरिर घिसार्दै अत्यन्तै कष्टका साथ निकै टाढा रहेको पश्चिम खोलागाउँवाट मुसिकोट खंलगा पुगेकि रहेछिन शारदा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *