आज हुने Nepal vs Iraq बिचको खेलमा यस्तो हुन सक्छ नतिजा,स्कोर साथै लाइभ कसरि हेर्ने ?

आज राति १०:१५ मा नेपाल र ईराक मैत्रिपूण खेलका लागी मैदान ओर्लदै छन्।

बिश्वकप छनोटका तिन खेल बाकि रहेको अबस्थामा, त्यसकै तयारीको लागी नेपालले यस खेल खेल्दै छ। खेल ईराकको king salman sport city stadium मा हुदै छ।

फिफा बरियतामा ईराक नेपाल भन्दा १०३ स्थान माथिको टिम हो।ईराक ६८ र नेपाल १७१ औँ स्थानमा छन्।पछिल्लो समय ईराक राम्रो लयमा देखिन्छ।अग्ला र बलिया साथै राम्रो खेल ईराकको बलियो पक्ष हो।

पछिल्लो समय ईराक ले एसियाको पाओर हाऊँस मानिने ईरान देखि कतार सम्मलाई पनि हराएको छ यस हिसाबले ईराकलाई बलियो प्रतिस्पर्धी मान्न सकिन्छ।नेपाल एसियाको कमजोर देश हो।

बिश्वकप छनोट अन्तर्गत नेपाल समुह बि को चौँथो स्थानमा छ भने ईराक समुह सि को पहिलो स्थानमा छ।अव नेपाल र ईराक दुबैले ३ खेल खेल्न बाँकि छ।

नयाँ कुवेती कोच Abdullah  Almutairi को यो पहिलो खेल हो।नयाँ कोच नया र युवा खेलाडीले भरिएको नेपालले राम्रै खेलेपनि ईराकलाई रोक्न गार्हो छ।

हुन त नेपालले आफुभन्दा घेरै माथिल्लो स्तरका देश सङ्ग पनि बराबरी खेलेको रेकड छ।

यसरी हेर्दा नेपाल लगभग राम्रै खेलेपनी लगभग ३:० भन्दा बढीकै अन्तरले हार्ने सम्भावना देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *