धर्तीकै अनौठो ठाउँ जहाँ तपाई आफ्नो यो अङ्ग फालेर मात्र बस्न सक्नु हुन्छ, नत्र बस्न सम्भव छैन !

यो दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ, जहाँ यदि तपाई‌ंले आफ्नो शरीरको अप्रेसन गरेर एपेन्डिक्स काटेर फ्याँक्नुभएको छैन भने बस्न पाउनु हुन्न । दुनियाँमा कहीँ नभएको यस्तो अनौठो तथा अप्ठेरो नियम अन्टार्कटिकाको भिल्लास लास एस्ट्रेलास भन्ने गाउँमा रहेको छ । उक्त गाउँमा लामो समयसम्म बस्न इच्छा गर्ने मानिसले त्यसअघि आफ्नो शल्यक्रिया गराएर एपेन्डिक्स फ्याँक्नु पर्दछ । जीउमा काम नलाग्ने एउटा अंग हो एपेन्डिक्स ।

यो अंगमा संक्रमण भएर वा अन्य कुनै समस्या भएमा जुनसुकै बेला पनि काटेर फ्याँक्नुपर्ने हुनसक्छ । त्यसैले त्यो काम नलाग्ने अंगले दु:ख नदेओस् भनेर सो अंगलाई काटेर फ्याँकेरै मात्र उक्त गाउँमा प्रवेश दिइन्छ । गाउँमा छिरिसकेपछि एपेन्डिक्सले दु:ख नदेओस् र एपेन्डिक्सकै कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि सो नियम बनाइएको हो । यस्तो नियम राख्नुको एउटा मुख्य कारण चाहिँ उक्त गाउँको नजिकमा अस्पताल नहुनु नै हो । गाउँको सबैभन्दा नजिकको अस्पताल भनेकै एक हजार किलोमिटर टाढा रहेको छ । उक्त अस्पताल सम्म पुग्नका लागि बरफका पहाड तथा खतरनाक बाटो भएर गुज्रनु पर्दछ । त्यहाँ पनि केही मात्र डाक्टर छन् । कुनै पनि शल्य चिकित्सक छैनन् ।

यो पनि पढ्नुहोस् :- सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिं’सा’को सि’का’र भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती यस्तो भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती यस्तो समस्यामा परेकी हुन् ।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ ब’नाएर राखेको पी’डित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भा’गेको पीडित युवतीले बताइन् । शिवा भा’गेपछि शिवाका परिवारले अहिले पी’डित युवतीलाई गोठमै राखेर या’त’ना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताउनुभयो । “जातीय छु’वा’छू’त समाजिक अ’परा’ध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय वि’भेद हुनु भनेको द’ण्डनीय अ’प’रा’ध हो”, अर्का दलित अगुवा राजेश पासवानले भन्नुभयो ।

भा’गेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आ’क्रो’श व्यक्त गर्नुभयो । नेपाली समाजमा दलितका छोरीको ज’वानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ । उहाँले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी क’डा कारवाहीको मागसमेत गर्नुभएको छ ।

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *