भारतसम्मै आइपुग्यो बितण्डा मच्चाउने मनसुन, नेपालमा पनि एस्तो प्रभाव पार्न सक्ने चेतावनी !

नेपाल भित्रिने मनसुन (वर्षा याम सुरु गराउने मौसमी प्रणाली) भारतको केरला आइपुगेको मौसमविद्ले बताएका छन्। अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला मनसुन केरला पुगेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बंगालको खाडीमा विकसित मनसुन बिहीबार बेलुका केरला आइपुगेको भारतीय मौसमविद्ले जानकारी दिएका हुन्।

अब मनसुन त्यहाँबाट बंगालको खाडी हुँदै नेपाल आउने छ। मौसमविद्हरूका अनुसार केरला पुगेको मनसुनलाई नेपाल आइपुग्न सरदर १० दिन लाग्छ। कहिलेकाहीँ केही परिस्थिति बदलिए मनसुन ढिलो वा चाँडो हुन सक्छ। नेपालमा मनसुन आउने औसत समय जुन १० हो। नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनी वायुको प्रभावले वर्षा गराउँछ।

उनका अनुसार यस वर्षदेखि नेपालमा मनसुन भित्रिने सामान्य मिति जुन १३ तारिखलाई तोकिएको छ। हरेक १०, १० वर्षमा मनसुन भित्रिने औसत मिति परिवर्तन हुने गर्छ। जसअनुसार सन् २०१० देखि गत वर्ष २०२० सम्म नेपालमा मनसुन भित्रिने सामान्य मिति जुन १० तारिख थियो भने मनसुन भित्रिन केही ढिला ढिला हुँदै गएकाले सन् २०२१ यता त्यो मिति जुन १३ लाई तोकिएको हो।

अन्य वर्षहरुमा भन्दा यो वर्ष मनसुन छिटै आउने भएको छ । यस वर्ष अघिल्ला वर्षा याममा भन्दा अलि बढी नै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। जसले गर्दा बाढी, पहिरो, डुबान, कटान यस वर्ष अलि बढी हुने अनुमान मौसमविद्ले गरेका छन्। यस वर्षको मनसुनमा अलि बढी नै जोखिम हुने चेतावनी केही दिनअघि (जेठ १७ गते) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *