बालुवाटारमा आज राती जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीको सपथ, यसरी भयो मन्त्रालय बा’डफा’ड !!

बालुवाटारमा आज राती जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीको सपथ, यसरी भयो मन्त्रालय बा’डफा’ड !! अन्तत जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्ष आज सरकारमा सहभागी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग वालुवाटारमा शुक्रवार दिउसो १ वजेवाट बसेको जसपा नेताहरुसंगको बैठक पछि जसपा सरकारमा सहभागी हुने अन्तिम निर्णय भएको हो ।

जसपाले विहिवार नै मन्त्री हुनेहरुको नाम लिष्ट तयार गरेको थियो । सोही लिष्ट लिएर शुक्रवार दिउसो भएको बैठकमा मन्त्रालय र मन्त्रीको टुंगो लागेको हो । जसपाले ८ मन्त्री तथा दुई राज्यमन्त्री पाएको छ । जसपाका एक नेताले नवनियुक्त मन्त्रीहरूको साँझ सात बजेतिर सपथ ग्रहण हुने जनाएका छन्। ती नेताका अनुसार राजेन्द्र महतोले उपप्रधान तथा सहरी विकास मन्त्री पाएका छन्।

महतोको नेतृत्वमा सरकारमा जान लागेको जसपाबाट शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी, विमल श्रीवास्तवलाई श्रम, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ। यसैगरी लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *