ओलीको मन्त्रिपरिषद विस्तारः ‘भारतीय’ को आरोप लागेका देखि देश टुक्र्याउँछु भन्नेसम्म मन्त्री, किन गरे त यस्तो हेर्नुहोस्।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ–राजेन्द्र पक्ष सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री मण्डल नै विवादित बनेको छ ।

एमालेको तर्फबाट मन्त्री बनेका वन तथा वातावरण मन्त्री प्रेम आले, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोलाई मन्त्रीबाट हटाएर जसपाको महन्थ राजेन्द्र पक्षलाई सरकारमा सहभागि गराउन लागिएको छ ।

ओलीले विस्तार गर्ने मन्त्रिपरिषदमा जसपाका राजेन्द्र महतो र शरद सिंह भण्डारीलाई समावेश गरिएको छ। महतो र भण्डारी दुवै विवादास्पद व्यक्ति हुन् ।

राजेन्द्र महतोको नागरिकता सम्बन्धि विषयलाई लिएर प्रश्न उठ्ने गरेको छ । महतो भारतिय नागरिक भएको संगिन आरोप लाग्ने गरेको छ ।

महतो भारतिय नागरिक भएको भन्दै नागरिकता छानबिन गर्न भनेर नेकपा एमालेको युवा संघले गृह मन्त्रालयमा औपचारिक रुपमै उजुरी समेत दिएको थियो । महतोले मधेश आन्दोलन चर्काइ रहेका बेला तत्कालिन युवा संघका अध्यक्ष राजिब पहारीले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए।

शरदसिंह भण्डारी बाबुराम भट्टाईको मन्त्रिमण्डलमा रक्षा मन्त्री रहेकाबेला ‘तराई टुक्रिन सक्छ’ भन्ने अभिव्यक्ती दिएका कारण पदमुक्त भएका थिए।

अर्को खबर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश नं २ को सरकार पुनःगठनबारे छलफल भएको छ ।

आज उपसभापति निधिको निवास नयाँ बानेश्वरमा भएको भेटमा उहाँहरुबीच प्रदेश र सङ्घको राजनीतिक समीकरणबारेमा छलफल भएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । भेटमा अध्यक्ष यादवले हाल केन्द्रमा बनेको कांग्रेसहितका दलहरुको गठबन्धनलाई निरन्तररूपमा अघि बढाउनुपर्ने र प्रदेश नं २ को सरकारमा कांग्रेसलाई सहभागी हुनसमेत आग्रह गरेका थिए ।

उपसभापति निधिले उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिँदै जसपाले प्रदेश नं २ को सरकारको नेतृत्व तीन वर्ष गरिसकेकाले आगामी दिनमा मुख्यमन्त्रीको नेतृत्व कांग्रेसलाई दिन आग्रह गरेका थिए । अध्यक्ष यादवले भने मुख्यमन्त्री नभई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

साथै उहाँहरुबीच प्रदेश नं २ को नामकरण र स्थायी राजधानी टुङ्गो लगाउने सम्बन्धमा पनि छलफल भएको प्रेस सल्लाहकार दाहालले बताए । अध्यक्ष यादव आजै जनकपुर जानुभएको र काठमाडौँ फर्केपछि सो विषयमा थप छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *