यसरी गर्यो मेलम्ची बजारमा फसेकालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार (हेर्नुहोस भिडियो)

२ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**

मगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् ।
*भिडियो हेर्न तल क्लिक गर्नुहोस**

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए ।

उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो । भिडियो हेर्न तल क्लिक गर्नुहोस

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् ।

सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *