दुखत समाचार: सिन्धुपाल्चोकमा ७ जनाको मृ’त्यु, ५० भन्दा बडि बपत्ता यस्तो अवस्था छ (हेर्नुहोस भिडियो सहित)

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृ’त्यु भएको पुष्टि गरेको जानकारी दिए ।

**यो समाचार को भिडियो हेर्न तल क्लिक गर्नुहोस**

उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।काठमाडौं । मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
**यो समाचार को भिडियो हेर्न तल क्लिक गर्नुहोस**

स्थानीय बासिन्दाका अनुसार, त्यहाँ करिब ५० जनाभन्दा बढी मानिसहरु बेपत्ता भएका छन् । बाढीले मेलम्ची खानोपानी आयोजनाको ड्याममा क्षति पुगेको छ ।
**यो समाचार को भिडियो हेर्न तल क्लिक गर्नुहोस**

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।**यो समाचार को भिडियो हेर्न तल क्लिक गर्नुहोस**

मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

२०७१ सालयता बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।**यो समाचार को भिडियो हेर्न तल क्लिक गर्नुहोस**

२०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । तर विपद् प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकवासीले बर्सेनि ठूलो क्षति भोग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *