कोरोनाबाट मृ’त्यु भएका व्यक्तिका परिवारलाई राहत रकम दावी गर्न आग्रह !! ठीक कि बेठिक?

बाँकेमा कोभिड–१९ को पहिलो लहरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आश्रित परिवारलाई राहत रकम दावीका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बाँकेले आह्वान गरेको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउने राहत प्राप्तिका लागि असार १५ गतेभित्र आवश्यक कागजातसहितको निवेदन दिन प्रशासनले आह्वान गरेको हो । लुम्बिनी प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार आश्रित परिवारलाई राहत रकम लिनका लागि निवेदन माग गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तेज ओलीले बताए ।

उनका अनुसार राहत रकम दावीका लागि कोभिड–१९ को परीक्षण रिपोर्ट पोजेटिभ, मृतकसँग हकवालाको नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दावीकर्ताको नागरिकताको प्रतिलिपी र रकम दावीकर्ताको खाता नम्बर प्रष्ट देखिने चेकको प्रतिलिपीसहित निवेदन दिनुपर्ने छ ।

ओलीका अनुसार कोरोनाको पहिलो लहरबाट बाँकेमा ५६ जनाको मृत्यु भएको र उनीहरुको नाम र ठेगानासहित राहत रकमको व्यवस्था प्रदेश सरकारले गरिसकेका कारण निवेदनका लागि आह्वान भएको हो ।

हेर्नुहोस् पत्र :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *