दुखत समाचार गुल्मीमा जिप दु’र्घ’टना : ८ जना घा’इते, एकको अवस्था ग’म्भी’र !

 

गुल्मी,

 

गुल्मीमा बुधबार जिप दु’र्घ’ट’ना हुँदा ८ जना घा’इ’ते भएका छन् । घा’इ’ते मध्ये एकजनाको अवस्था ग’म्भी’र रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार सत्यवती गाउँपालिका-६ खैरेनीबाट जोहाङ्ग तर्फ जाँदै गरेको लु २ च ३९६० नम्बरको जिप दु’र्घ’ट’नामा परेको हो ।

 

दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’इ’ते हुनेमा जिपका चालक ३३ वर्षीय रणबहादुर गैरे रहेका छन् ।

 

उनलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । सामान्य घा’इ’ते हुने सबैको प्राथमिक स्वास्थ्यचौकी जोहाङ्गमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

 

सामान्य घा’इ’ते हुनेमा ६० वर्षका तुल्सीराम ढकाल , ७५ वर्षका जगननाथ ढकाल, ६२ वर्षका टोपराज ढकाल, २४ वर्षका राजु भण्डारी, २६ वर्षकी आशा विक, ७६ वर्षका लोकेन्द्र ढकाल र ३ वर्षका विजय भण्डारी छन् ।

 

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ ।

 

काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गरेको हो ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आर्थिक गतिविधि सुचारु गर्नेगरी निषेधाज्ञाको मोडालिटीमा केही फेरबदल गरी १४ असारसम्म थप गरिएको जानकारी दिए ।

 

उनका अनुसार मंगलबारबाट उपत्यकामा बारअनुसार पसल खोल्न पाइनेछ भने निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ ।

 

‘निषेधाज्ञाको मोडालिटी केही फेरबदल गरेका छौं, अब बारअनुसार पसल खोल्न पाइनेछ भने निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।

 

बैठकले ट्याक्सीलाई पनि जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

 

अन्य सार्वजनिक सवारी साधन भने हाललाई खुला गरिएको छैन । निर्णय अनुसार खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । यस्तै, अन्य व्यापार व्यवसायका लागि बार र समय तोकिएको छ ।

 

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपुर्जा पाइने पसल खोल्न पाइनेछ ।

 

यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइनेछ । यसरी खुल्ने पसल बिहान ११ देखि दिउसो ४ बजेसम्म मात्र खोल्न पाइनेछ ।

 

यसैगरी निर्माण सामग्रीका पसल बिहान ११ बजेबाट साँझ ६ बजेसम्म दैनिक खोल्न पाइनेछ । यस्ता सामग्रीहरूको ठूला सवारीमार्फत गरिने ढुवानी रामती मात्र गर्न पाइनेछ ।

 

पसल व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने तथा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ ।

 

यसैगरी, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसम्बन्धी सरकारी कार्यालय आलोपालो प्रणालीमा न्यूनतम जनशक्ति परिचालन गर्ने गरेर स्वास्थ्य मापदण्डको पालना गर्नेगरी खुला गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *