सावधान: स्याङजामा कोरोनाको नयाँ भेरिएन्ट ‘डेल्टा बि.१.६१७.२’ पुष्टि, चिकित्सकले सबैलाई दिए एस्तो सुझाव ।।

स्याङजा, असार २७ । स्याङजाका दुई जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट डेल्टा पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङजा कालिगण्डकी गाउँपालिकाका दुई जनामा कोरोना भाइरसको नयाँ भेरीएन्ट पुष्टि भएको जनाएको छ । कालिगण्डकी गाउँपालिकाको १४ र ६० वर्षीय दुई जना पुरुषमा नयाँ भेरीएन्ट संक्रमणको नतिजा आउँदै गर्दा

संक्रमित भने निको भएको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । ‘उनीहरुको नमुना संकलन जेठको अन्तिम हप्ता भएको थियो । उनीहरु निको भैसकेका छन् । पालिका भित्र संक्रमण दर निराकरण गर्न उच्च सतर्कता अपनाइएको छ । बताउनुभयो । जनस्वास्थ्य प्रयोगशाला पोखराले जेठ ३१ गते गण्डकी प्रदेशबाट ५ वटा नमुना जनस्वास्थ्य

प्रयोगशाला काठमाडौं पठाएको थियो । ५ वटा नमुना पठाएकोमा ५ जना नै डेल्टा बि.१.६१७.२ (नयाँ भेरिएन्ट) पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले बताउनुभयो । स्याङ्जाका २ पुरुष र गोरखाका ३ महिलामा नयाँ भेरियन्ट संक्रमणको नतिजा आएपछि जिल्लामा त्रास पैदा भएको छ । डेल्टा भेरिएन्ट भाइरस यसअघिको अल्फा

भेरियन्ट भन्दा बढी संक्रमित हुने जानाइएको छ । स्याङ्जामा नयाँ भेरीएन्ट देखिएपछि जिल्लावासी त्रसित भएका छन् । स्याङ्जामा नयाँ भेरीएन्ट देखिएपछि जिल्लावासी त्रसित भएका छन् ।
‘उनीहरुको नमुना संकलन जेठ अन्तिम हप्ता भएको थियो । उनीहरु निको भैसकेका छन् । पालिकाभित्र संक्रमण दर निराकरण गर्न उच्च सतर्कता अपनाइएको छ । थापाले बताउनुभयो

त्यस्तैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१८ जनामा गरिएको परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार ५

हजार ५३५ जनामा आरटी पीसीआर र ३ हजार ६८३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट एक हजार २३७ र एन्टिजेनबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् । देशभर २६ हजार १७३ जना सत्रmिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ४७१ जना संक्रमित होम

आइसोलेसन र २ हजार ७०२ संस्थागत आइसोलेसनमा रहेका छन। सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *