नयाँ सरकार गठन भएसँगै सशस्त्र प्रहरीमा ९ हजारको लागि नयाँ भर्ना खुल्दै , यस्तो छ तयारी

नयाँ सरकार गठन भएसँगै सशस्त्र प्रहरीमा ९ हजारको लागि नयाँ भर्ना खुल्दै , यस्तो छ तयारी

    नयाँ सरकार गठन भएसँगै सशस्त्र प्रहरीमा ९ हजारको लागि नयाँ भर्ना खुल्दै , यस्तो छ तयारी नयाँ भर्ना खुल्दै ९ हजारमा पहिलोचरणमा ४ हजारको  लागि नयाँ भर्ना लिने

काठमाडौं । केहिदिन अगाडी पारित भएको नयाँ बजेटमा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने कार्यक्रम आएसँगै सशस्त्र प्रहरीमा चार हजार दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमार्फत ९ हजार जनशक्ति थपका लागि प्रस्ताव गरे पनि पहिलो चरणमा चार हजार थप्ने प्रक्रिया अगाडि बढाइएको छ।

चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै जनशक्ति पनि थप्न लागिएको हो। भारत र चीनसँगका सीमा सुरक्षामा सशस्त्र प्रहरी खटाइँदै आएको छ।

ओएन्डएम (व्यवस्थापन तथा संगठन) सर्वेक्षण गरेर दरबन्दी थपको प्रक्रिया गृह मन्त्रालयले अगाडि बढाउने भएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बीओपी थपिएपछि दरबन्दी पनि थप हुनेछ।

नवनियुक्त मन्त्रीहरुले कार्यभार सम्हाल्दै

३० असार, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दैछन् । मंगलबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्रीहरुले बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लागेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान साढे १० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले बुधबार बिहान १० बजे मन्त्रालय पुगेर कार्यभार सम्हाल्दैछन् । मन्त्रालय गएर कार्याभार सम्हाल्नुअघि शर्माले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर शहीद स्तम्भमा माल्र्यापण गर्ने उनको सचिवालयले जनाएको छ ।

कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार साँझ नै पदभार ग्रहण गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । बुधबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले चैत मसान्तभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *