गुल्मीको अर्खलेमा जिपको ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु

गुल्मीको अर्खलेमा जिपको ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु

गुल्मी : गुल्मीको सदरमुकाम नजिकै अर्खलेमा मोटरसाईकललाई जिपले ठ’क्कर दिँदा मोटरसाईकल चालकको मृ’त्यु भएको छ ।

धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ बर्षीय सु’जन पाण्डेको मृ’त्यु भएको हो ।

बोलेरो जीपको ठक्करबाट उनको मृ’त्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

दु’र्घ’टनास्थलबाट उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालका मेसु डा. उत्तम पाच्याले उनको घ’ट’नास्थलमै मृ’त्यु भएको बताए । मोटरसाईकल सडकदेखि तल झरेको बताइएको छ ।

जिपमा सवार ५ जनामध्ये चारजना सामान्य घा’इते भई जिल्ला अस्पतालमा ल्याइएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष घमले बताए ।

गुल्मीमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि : गुल्मीमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर परिक्षण गर्दा २० जना र एन्टिजेन परिक्षणमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

रेसुंगा नगरपालीकामा १३ जना ,चन्द्रकोट गाउपालीकामा ६ जना,रुरुक्षेत्र गाउपालीकामा ४ जना,इस्मा गाउपालीकामा ३ जना,मुसिकोट नगरपालीकामा २ जना ,गुल्मीदरबार गाउपालीकामा २ जना,छत्रकोट गाउपालीकामा १ जना र धुर्कोट गाउपालीकामा १ जना गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा संक्रिय संक्रमित ४ सय ६८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३७ जना डिस्चार्ज भएका छन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्या’न गु’माएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *