भोलि साउनको पहिलो सोमबार, शिवको प्रिय दिन : तपाईको लागि कस्तो रहला ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाइको दिन राम्रो तथा आनन्दमा बित्नेछ । शारीरिक तथा मनिशिक रुपमा स्वस्थ हुनुहुनेछ । मध्यान्न पछी कुनै पनि शुभ कार्य नगर्नुहोला । बोलि तथा व्यवहारमा संयम राख्नुहोला । जसले तपाइलाई राम्रो गर्दछ। सत्रु सक्रिय हुने हुदा सजग रहनुहोला । आध्यात्मिक शिद्धि प्राप्त हुनेछ । चिन्तन मनन्ले तपाइको मनलाई शान्ति प्रदान गर्दछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
व्यवसायमा फाइदा हुनेछ । सहयोगी बाट सहयोग प्राप्त हुनेछ। आर्थिक लाभ हुनेछ । प्रतिस्पर्धी लाइ पराजित गर्न सकिनेछ। दिनको मध्यान्न पछी रमाइलो कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मन प्रफुलित हुनेछ। नयाँ वस्त्र तथा घरायसी सामान खरिदाको लागि धन खर्च हुनसक्छ। मान सम्मान बढ्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
आज तपाइको दिन् बौद्धिक कार्य तथा चर्चामा बित्नेछ। तपाइ कल्पना र रचनात्मकता कार्यमा जोड दिनुहुनेछ । शारीरिक तथा मानशिक रुपमा सचेत रहनु होला। व्यवसाहिक हरुको लागि व्यापारमा फाइदा हुनेछ। घरमा शान्तिको वातावरण बनेछ । प्रतिस्पर्धाहरूको बीचमा विजयी हुनुहुनेछ। सहयोगी बाट सहयोग पाउने हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
निरास पनाले मनलाई थकित बनाउने छ। जसको कारण तपाइ शारीरिक तथा मानशिक रुपमा अस्वस्थ अनुभव गर्नुहुनेछ। बसाइ सराइको लागि दिन राम्रो छैन । अचल सम्पति तथा वाहनको समस्याले सताउन सक्छ । दिउसोको पछि तपाई खुशी अनुभव गर्नुहुनेछ। साथि बाट सहयोग मिल्नेछ । शारीरिक उर्जा अनुभव गर्नुहुनेछ। धेरै विचारहरूले तपाइको मनलाई विचलित गर्दछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
छोटो यात्रा हुनेछ। विदेशीहरूले राम्रो समाचार पाउनेछन्। धन लाभ हुनेछ। नयाँ कामको थालनी गर्नको लागि राम्रो समय राम्रो छ। मध्यान्न पछी तपाइँ सहनशील हुनुहुनेछ। मानशिक हतास हुनेछ । शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तथा जमिन सँग सम्बन्धित समस्याले सताउन सक्छ।

राशिकन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :मन स्थिर नहुने हुदा कुनै पनि नयाँ कार्यको थालनी नगर्नु होला । बोलीमा संयमता राख्नुहोला । अन्यथा मन दुख्न सक्छ। परिवारका सदस्यसँग वादविवाद हुनसक्छ । शारीरिक तथा मानसिक स्वास्थ्यको ध्यान राख्न पाउनु हुनेछैन। दिउसो पछी तपाइको दिन् अनकुल हुनेछ। महत्त्वपूर्ण विषयमा साथिभाइसँग कुरा हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
कलात्मक तथा सिर्जनात्मक क्षमत वृद्धि हुनेछ । शारीरिक तथा मानशिक रुपमा स्वस्थ अनुभव गर्नुहुनेछ। मनोरंजन तथा वस्त्र खरिदमा धन खर्च हुनेछ । मध्याह्नपछि मनमा दुबिधा बढ्नेछ । जसको कारण सहिनिर्णय लिनको लागि कठिन हुनेछ । परिवारक सदस्यसँग विवाद बढ्नेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
तपाइको उग्र तथा अनियन्त्रित व्यवहारको कारण समस्यामा पर्न सक्नु हुनेछ। आफन्त सँग केहि भना भन हुनसक्छ। दिनको मध्यान्न पछि मनलाई शान्त राख्न सक्नुहुनेछ। आर्थिक आयस्रोतको योजना हुनेछ । तपाइको आत्मा विश्वाश बढ्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
व्यवसायको क्षेत्रमा लाभदायायक दिन रहेको छ । परिवारको सदस्यसँग रमाइलो वातावरण हुनेछ। कार्य क्षेत्रमा पद बढ्नेछ। साथी भाइ सँग रमाइलो यात्रा हुनसक्छ । व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने हुदा सजग रहनु होला । व्यवसायमा बोलिमा बिशेस ध्यान दिनुहोला। अन्यथा समस्यामा पर्न सकिन्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
तपाइको दिन आनन्दमय हुनेछ। परिवारमा शुख शान्ति छाउनेछ । व्यवसायमा पद बढ्नेछ । व्यापारिक क्षेत्रमा समय अनकुल हुनेछ। सहकर्मचारीसँग सहकार्य हुनेछ। साथी भेट हुनेछ साथै रमाइलो स्थानको भ्रमण हुनेछ। आय बढ्नेछ व्यापारी हरुको लागि लभदाएक समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
सिर्जनात्मक कार्यमा तपाइ उल्झनमा पर्नुहुनेछ । नयाँ कार्यको थालनी हुनेछ। लामो तिर्थयात्रा हुनसक्छ। व्यवसायमा लभ हुनेछ। स्वास्थ्यको बिशेस ध्यान दिनुहोला । परिवारमा खुशीको वातावरण छाउनेछ । माताको तर्फबट लाभ हुनेछ। उत्तम शुख प्राप्ति हुनेछ । सरकारी कार्यमा सफलता प्राप्त हुनेछ

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
संयमित भएर हिड्नु होला । नजिकका शत्रु बाट सजग रहनुहोला । स्वास्थ्यको बिशेस ध्यान राख्नुहोला । ज्ञान तथा विद्याप्राप्तिको लागि सहि समय रहेकोछ । विदेशमा रहेका मित्रको शुभ समाचार प्राप्त हुनेछ। व्यवसायमा सहयोग प्राप्त हुनेछन्। कसैसँग वादविवादमा नपर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *