प्रधानसेनापति थापाद्वारा कमाण्ड हेडक्वाटरको निरीक्षण

प्रधानसेनापति थापाद्वारा कमाण्ड हेडक्वाटरको निरीक्षण

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड हेडक्वाटरहरुको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति थापाले नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत साउन १ गतेबाट संचालनमा आएका कमाण्ड हेडक्वाटरहरुको निरीक्षण भ्रमण गरेका हुन् ।

भ्रमणको क्रममा उनले साउन ७ गते पूर्वी कमाण्ड हेडक्वाटर हिले,१० गते मध्य कमाण्ड हेडक्वाटर पोखरा,१२ गते उपत्यका कमाण्ड हेडक्वाटर र १४ गते पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतको भ्रमण गरेका हुन् ।

भ्रमणकै क्रममा प्रधानसेनापति थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेख समेत अनावरण गरेका थिए ।

साथै, उक्त भ्रमणको दौरान उनले कमाण्ड हेडक्वाटरहरुमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वयको व्यवस्था,

विद्यमान चूनौती तथा समाधानका उपायहरु सम्बन्धि जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *