भिसा आएर काठमाडौं हिंडेका श्रीमानको बाटोमै मृ’त्यु, श’व पनि नभेटिंदा श्रीमती बेहोस्, आमा अर्धचेत अवस्थामा

भिसा आएर काठमाडौं हिंडेका श्रीमानको बाटोमै मृ’त्यु, श’व पनि नभेटिंदा श्रीमती बेहोस्, आमा अर्धचेत अवस्थामा

काठमाडौं । भारतीय प्रहरी एसएसबीले तुइन का’टेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई दिनभरि खोज्दा पनि नभेटिएको स्थानीय प्रशासनले जनाएको छ । साँझ ६ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले धामीको खोजी गरेको थियो ।

व्यास गाउँपालिका-२ बाट जिल्ला सदरमुकाम खलंगा जानका लागि भारतीय बाटो भएर चाँडै पुगिने हुँदा स्थानीयले तुइनको प्रयोग गर्ने गरेका थिए ।

शुक्रबार जयसिंहलगायत पाँच युवा जरुरी कामले जिल्ला सदरमुकाम जानुपर्ने भएपछि उनीहरुले तुइन चढेर भारतीय बाटो हुँदै जाने निधो गरे । बिहान आठ बजे उनीहरुमध्ये चार जना तुइन चढेर पारी पुगे । त

अन्तिममा चढेका जयसिंह भने बीचमै हराए । बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ।

गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव निकै बढेको छ। पानी पनि परिरहेकोले खाजी कार्यमा समस्या आएको स्थानीयले बताएका छन्।

घरमा जयसिंहकी श्रीमती बे’होस् अवस्थामा छिन्। छेउमै उनकी आमा पनि अ’र्धचेत् अवस्थामा ल’डि’रहेकी छन्।

जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन्। उनीहरू बे’होस् आमा र हजुरआमाबाको वरिपरि घुम्छन्। के भएको हो उनीहरूलाई थाहा छैन। जयसिंहका भाइ नरेन्द्र भने घटनापछि निरन्तर दाइको खोजीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *