युएईको रोयल गार्डमा नेपालीलाइ अबसर यति धेरै हुन्छ तलब कसरी जान सकिन्छ ?  के के छन् मापदण्ड ? हेर्नुहोस

 

युएईको रोयल गार्डमा नेपालीलाइ अबसर यति धेरै हुन्छ तलब कसरी जान सकिन्छ ?  के के छन् मापदण्ड ? हेर्नुहोस

काठमाडौं साउन: युएई पुग्ने वा युएई पुगेका जो कोहिको एउटा सपना भनेको दुबईको रोयल गार्डमा काम गर्न पाउनु एक हो । आकर्षक तलब , राम्रो सुबिधा र सहज कामको कारण दुबईमा रहने वा दुबई जाने जो कोहिको लागि रोयल गार्डमा काम गर्ने सपना रहेको हुन्छ ।

रोयल गार्ड भनेको के हो?

राज संस्था रहेकोदेशमा राजपरिवारको सुरक्षाको लागि खटिने र राज संस्था र परिवारको सुरक्षा संगै शाही महलहरु र प्रशासनिक भवनको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको शाही गार्ड रेजिमेन्ट छ त्यसै रेजिमेन्टमा काम गर्ने सुरक्षागार्डलाई रोयल गार्ड भनिन्छ ।

सेना तथा प्रहरीबाट सेवा निबृत्त भएका ब्यक्तिलाई रोयल गार्डमा राख्ने प्रचलन रहेको छ । जसको लागि कतिपय देशमा सरकार टु सरकार र कतिपय अवस्थामा कुनै कम्पनी मार्फत त्यसरी भुतपुर्व सेना र प्रहरीका कर्मचारी भर्ना गरेर रोयल गार्डमा लिने गरिन्छ ।

रोयल गार्ड युनाइटेड अरब इमिरेट्स (युएई) संगै कतार, न्यूजील्याण्ड, स्विट्जरल्याण्ड र साउदी अरब, युके जस्ता देशहरुमा प्रचलित छन् । रोयाल गार्डमा हालका दिनमा भुपु सेना वा प्रहरी मात्रै होइन सर्वसाधारण समेतलाई लिने गरेको छ भने केहिले सैनिक तालिम लिएको प्रमाणपत्र पेश समेत गर्ने गरेको जानकारहरु बताउछन् ।

युएई र कतारको रोयल गार्डमा प्रथमतः नेपाली नागरिकलाई नै प्राथमिकता दिने गरेको छ । युएईले विभिन्न कम्पनी मार्फत युएई वा नेपालबाट त्यस्ता रोयल गार्डको भर्ना लिने गर्छ । र युएइको प्रहरी तथा सेनाले समय अनुसार सैन्य तालिम प्रदान गर्ने गर्छ ।

युएईको लागि रोयल गार्डको भर्ती प्रक्रिया
युएईको लागि रोयल गार्डमा काम गर्न इच्छुक ब्यक्तिहरुले विभिन्न समयमा आउने माग पत्र अनुसार नेपालको मेनपावर कम्पनी मार्फत अन्तर्वार्ता दिनु पर्ने हुन्छ

त्यस्तो अन्तर्वार्ताको लागि युएईबाट नै सेलेक्सनको लागि प्रतिनिधि आउने गर्छन् भने युएईमा नै रहेका ब्यक्तिहरुले युएईमा रहेका एजेन्सीहरु मार्फत अप्लाइ गर्नु पर्ने हुन्छ ।

दुबईमा रोयल गार्डको लागी आवश्यक योग्यता
पूर्व सेना वा प्रहरी अधिकारीहरु वा सैन्य तालिम लिएको
उचाइ ५.७ इन्च अंग्रेजी दक्षता राम्रो भएको
चयन प्रक्रिया रोयल गार्डको चयन प्रक्रिया तीन किसिमले गरिन्छ ।

तलब कति हुन्छ ?
तलबको कुरा गर्ने हो भने नेपाली जन्डै १ लाख रुपैयाँ सम्म हुन्छ

पहिलो त शारीरिक परिक्षण, चिकित्सा परिक्षण जसमा तपाइको कुनै दृघरोगको परिक्षण गरिन्छ र अन्तिम अन्तर्वार्ता लिइन्छ । नोट : यी जानकारीहरु रोयल गार्डमा काम गरेका र विभिन्न स्रोतबाट लिइएको हो । समयानुकूल विभिन्न कुराहरु परिवर्तन समेत भएको हुन सक्छ त्यसैले सम्बन्धित निकायको जानकारी नै अन्तिम हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *