मगर संसारको पहलमा अर्घाखाचीकी बिरामी तेजकलालाई रू.१३,२००/- रुपिया सहयोग प्रदान

मगर संसारको पहलमा अर्घाखाचीकी बिरामी तेजकलालाई रू.१३,२००/- रुपिया सहयोग प्रदान

( मगर संसारद्वारा आजसम्म ७७ औ बिरामीलाई सहयोग प्रदान गरिसकेको जानकारी गर्दछौ।)

अर्घाखाची जिल्ला सितगंगा नगरपालिका वडा नं: ७ जुवाकोट गाँउ निवासी बर्ष ४७ की तेजकला सोमै मगरको विगत ५ बर्ष लामो समय देखि पाठेघरको टिउमर रोग लागेर पीडित भएकोले आर्थिक अभावका कारण उपचारमा समस्या परेकी पीडित लाई मगर संसार (,magar sansar) photo gallery को पहलमा रू.१३,२००/- सहयोग हस्तांतरण गरेकोछ।

सहयोग रकम भने मगर संसार का सक्रिय सदस्य लांघाली मगर ज्यू को हात बाट हस्तांतरण गरेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु भएको छ ।।।
सहयोग रकम पठाउनु हुने सहयोगी दाताहरु:-

१) कलम थापा मगर – स्याङ्जा बिरूवा – ८ हाल मलेशिया रू.४,०००/-
२)आशा पुर्जा पुनमगर – म्याग्दी हाल कोरिया रू. २,००० /-

३) मगर संसार भित्र १५ बर्ष मुनिका बाबुनानी हरुको प्रतियोगितामा सहभागी ६ जनाले पाएको रिचार्ज कार्ड ५००/५०० बिरामी लाइ दिनु भनी जम्मा भयको ६ जनाको रू.३,०००/-
४) मगर संसार द्वारा आयोजिक मगर भाषा online क्लास बात रू.४,२००/-

मगर संसारले आजसम्म ७७ जना दिन, दुखी ,गरीब ,बिरामी लाई आर्थिक सहयोग गरी सकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *