आफ्नो पारिश्रमिकको कर तिर्न पुगेकी अभिनेत्री आँचल शर्माको चर्चासँगै विरोध, किन भयो एस्तो हेर्नुस् !!

अभिनेत्री आँचल शर्मा आफ्नो पारिश्रमिकअनुसारको कर तिर्न कर कार्यालय पुगेको भिडियो चर्चामा आएको छ। लाजिम्पाटस्थित आन्तरिक राजश्व कार्यलयमा आफ्नो पारिश्रमिकको कर बुझाउन गएकी आँचलको भिडियो ट्वीटरमा अर्थमन्त्रालयका उपसचिव कर्ण तिमिल्सिनाले पोष्ट गरेका छन्।

‘एक जना नयाँ करदाता थपियो’ क्याप्सन राखेर पोष्ट गरिएको उक्त भिडियोमा आँचलले आफूलाई कार्यालयको सर्विस मन परेको बताएकी छिन्। उनले भनेकी छिन्, ‘एकदम राम्रो लाग्यो। सर्विस राम्रो छ।’ एकातिर आँचलले कर तिर्न गएकोमा भिडियोप्रति केहीले प्रशंसा गरेका छन् भने केहीले सरकारी कार्यालय र

आँचलको पहिरनलाई लिएर उनलाई उडाएका छन्।भिडियोलाई रिट्वीट गर्दै नीराजन शर्माले लेखेका छन्, ‘हामी कर तिर्न जाँदा पनि यस्तै सुविधा पाइन्छ?’ शशि भण्डारीले सोही भिडियोमा कमेन्ट गर्दै सेवाग्राहीलाई पनि सुविधा कस्तो लाग्यो सोध्नुपर्ने बताएकी छिन्। उनले लेखेकी छिन्,

‘तपाईंहरुले हाम्रो अड्डा कस्तो लाग्यो र काम कस्तो लाग्यो भनेर अरु सेवाग्राहीलाई पनि सोध्नुहुन्छ कि उहाँलाई मात्रै हो?’ त्यसबाहेक आँचलले सरकारी कार्यालयमा विना मास्क प्रवेश गरेको टिप्पणीसमेत गरिएको छ। दिलिपा श्रीले कमेन्ट गर्दै लेखेकी छिन्, ‘यीनले मास्कको प्रयोग गर्नु पर्दैन?’

त्यस्तै यो पनि पढ्नुहोस्, प्रेमिका फेल हुने डरले ब्रासहित उनकै कपडा लगाएर प्रेमीले परीक्षा दिएपछि अफ्रिकी मुलुक सेनेगलमा एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ। प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने डरले प्रेमी आफैंले महिलाको लुगा लगाएर जाँच दिन गएका थिए।

तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन्। तर चौथो दिन उनी पक्राउ परे। ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिन गएका थिए। म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा फेल हुने डर भएपछि म्बौपले योजना बनाएर प्रेमिकाको

कपडा लगाएर उनी जाँच दिन गए। तीन दिन कसैले थाहा पाएन तर,चौथो दिन एक सुपरीवेक्षकलाई शंका लागेर अनुसन्धान गर्दा थाहा पाए पछि उनलाई प्रहरीसमक्ष बुझाइयो। प्रेमी तथा प्रेमिकाविरुद्ध ठगीको मुद्दा दर्ता गरिएको छ। उनीहरू दोषी ठहरिएमा पाँच वर्षका लागि कुनै पनि परीक्षामा भाग लिन पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *