अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ बधाई दिनेको ओइरो हेर्नुहोस्

अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ बधाई दिनेको ओइरो हेर्नुहोस्

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचालाई पुत्र लाभ भएको छ ।यति बेला सामाजिक सञ्जालमा ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो बाहिरिएको छ ।

उमा, लुट लगायतको दर्जनौँ चलचित्रमा काम गरिसकेकी ऋचा हालै कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा जजको रूपमा रहेकी थिइन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो साताबाट कमेडी च्याम्पियनमा उपस्थित नहुने जानकारी समेत गराएकी थिइन ।

‘प्रेमगीत’ र ‘प्रेमगीत २’बाट उदाएका नायक प्रदीप खड्का नयाँ चलचित्र ‘लिलिबिली’मा अनुबन्धित भएका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेल गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

‘लिलिबिली’लाई निर्देशक मिलन चाम्सले निर्देशन गर्ने छन् । काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेन्टको संयुत्त प्रस्तुती रहेको चलचित्र ‘लिलिबिली’मा दुई नायिकाले एकसाथ डेव्यु गर्ने लागेका हुन् । डेव्यु गर्नेमा युकेमा बसोबास गर्दै आइरहेकी जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् ।

त्यस्तै चलचित्रमा नायक अनुप बिक्रम शाहीकाे मुख्य भुमिका रहने बताइएकाे छ । तिहार पछि छायाँकन सुरु गरिने लिलिबिलीको सम्पुर्ण छायाँकन युके, स्कटल्याण्ड र इङल्याण्डमा हुने छ ।

लभ स्टोरीमा आधारित रहेको चलचित्रमा प्रदर्शन पनि यहि बर्ष चैत्र ३० गते हुने निर्माण पक्षले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *