मगर संसारद्वारा गरीब जेहेन्दार विद्यार्थीलाई ३ महीने बेसिक कम्प्यूटर क्लास र शैक्षिक सामाग्री प्रदान

मगर संसार ग्रुपद्वारा गरीब जेहेन्दार विद्यार्थीलाई तीन महीने बेसिक कम्प्यूटर क्लासको ब्यवस्था र साथमा स्टेशनरी समान प्रदान…

(मगर संसारकोषबाट आजसम्म ८२ जनालाई सहयोग प्रदान)

मगर संसार(Magar Sansar) Photo Gallery को चौथो बार्षिक उत्सबको अवसर पारी निर्णय गरिएको दुई छात्रबृत्ति मध्य एक छात्रबृत्ति आज २०७८ भदौ ३१ गते नवलपरासी जिल्ला सुनवल १२ भूमहिका गरीब जेहेन्दार विद्यार्थीलाई प्रदान गरेको जानकारी गर्दछौ।

सरकारी स्कूल जगन्नाथ उच्च मा.बि #भूमहिमा १० कक्षामा अध्यनरत १६ बर्षीय मोनिका गाहा मगरलाई मगर संसार राहतकोषबाट छात्रबृत्ति स्वरूप स्टेशनरी सामग्रीहरु जस्तै कपि,पेन,ज्यामति,ब्याग,क्याल्कुलेटर, स्कूल जुत्ता जगायत तीन महीने बेसिक कम्प्यूटर क्लासको लागि ब्यवस्था ,स्कूल फी को लागि केहि पैसा मगर संसारका एडमिन निर्मला मगर( Magarni Ajisha ) र प्रिया राना मगर( Priya Rana Magar )को हातबाट हस्तांतरण गरेको जानकारी गर्दछौं।

बाबा धनबहादुर गाहा मगर र स्वर्गिय आमा कुमारी गाहा मगरको (सानै उमेरमा आमा गुमाउनु भयकि) कोखबाट जन्मेकि मोनिका पढ़नमा पनि अब्बल छिन।

हाम्रो आयस्रोत नै सहयोग हो त्यसैले तपाईहरूको सहयोग साथ बिना मगर संसार अधुरो रहनेछ। मगर संसार राहतकोष थोरै भएपनि सहयोगको अपेक्षामा रहनेछ। जिलौ धन्यवाद

संस्थापक:-अनिल लामिछाने मगर
एडमिनहरु:-
– मन मास्की रानामगर
– शान्ति राना मगर
– मोनीका मगर्नी

– प्रिया राना मगर
– दिलु मगरनी
– पृथीछक बुढा मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर

– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर
– टूगा राना मगर
– नबिना पुन मगर
– रमेश बुढा मगर
– प्रकाश मगर

– बिस्वास मगर
– एजिशा मगर्नी
– प्रदीप घर्ती मगर
– जानकी मगर
– नीरू मास्की राना मगर
– रन्जना थापा मगर
मगर संसार(Magar Sansar) Photo Gallery

Leave a Reply

Your email address will not be published. Required fields are marked *