नेकपा विभाजन हुँदा : रघुबीर प्रचण्ड-नेपालतिर, उनकी श्रीमती जुली ओलीतिर

 संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा)मा दुई पक्षले आ-आफ्नो पक्षबाट केन्द्रीय कमिटीको बैठकहरु राखिरहेका छन् ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्ती समेत रहनु भएको केपी शर्मा ओलीले केन्द्रीय समितीको बैठक राख्दै विभिन्न निर्णयहरु गर्नु भएको छ । त्यस्तै यतिबेला पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले पनि केन्द्रीय कमिटीको बैेठक चलाइरहेका छन् ।

शीर्ष नेताहरु आफू निकटका नेताहरुलाई आफ्नो पक्षमा पार्ने दौडधुपमा छन् भने नेताहरुपनि आफ्नो कित्ता प्रष्ट पार्दै कोही ओली त कोही प्रचण्ड नेपाल पक्षको बैठमका सहभागी भएका छ । तर राजनीतिक कित्ता विभाजित हुँदा नेता रघुबीर महासेठको श्रीमान र श्रीमतीको पनि कित्ता विभाजित भएको छ ।

जसमा बिगत लामो समयअघिबाट प्रधानमन्त्री ओलीको विस्वास पात्रका रुपमा रहेका रघुबीर महासेठ प्रचण्ड नेपाल पक्षमा लागेका छन् भने उनी श्रीमति जुली महतो ओली पक्षमा लागेकी छ न् ।

उनी बिहान बालुवाटारमा आयोजित ओली पक्षको केन्द्रीय समितीको बैठमा उपस्थित हुनुहुन्थ्यो । उता पूर्व मन्त्रीसमेत रहनु भएका महासेठ भने अहिले जारी प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितीको बैठमा सहभागी छन् । रघुवीर महासेठ र जुली महतो  दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *