दुखत समाचार: बैतडीमा जिप दुर्घटना हुँदा एकको मृ’त्यु, तीन घाइते

बैतडी / बैतडीको सुर्नया गाउँपालीकामा जिप दु’र्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ। धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृ’त्यु भएको र अन्य तीन जना घाइते भएका छन् ।

मृतक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहरा रहेका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा रहेका छन् । बोहरा बाहेक अन्य २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

**थप जानकारीको लागि तल क्लिक गर्नुहोस**

Leave a Reply

Your email address will not be published. Required fields are marked *